जोडिनुहोस
  • होमपेज
  • हिमाल र उत्पीडित जातिबाट आएका सांसदलाई तेस्रो दर्जाको रुपमा हेरियो : सांसद शेर्पा

हिमाल र उत्पीडित जातिबाट आएका सांसदलाई तेस्रो दर्जाको रुपमा हेरियो : सांसद शेर्पा

काठमाडौँ । राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेका बताएका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लाने गरेका बताएका हुन् । उनले हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरिएको बताए ।

सांसद शेर्पाले बजेट माग गर्न जाँदा मन्त्रालयका सचिवहरुले बजेट छैन भनेर ढाँट्ने गरेपनि बजेट ल्याउँदा भने ठूल्ठूला नेताहरुको क्षेत्रमा मात्रै हालेको हुने बताए ।

सांसद शेर्पाले बजेट बाँडफाँट हेर्दा देशमा संघीयताको आवश्यकता महसुस भएको बताए । उनले संघीयताको कारण मात्र प्रदेश र स्थानीय तहमार्फत केही बजेट जान पाएको भन्दै अन्यथा हिमाली क्षेत्रले केही पनि नपाउने बताए ।

सांसद शेर्पाले समाजबाट नैतिकता हराउँदै गएको भन्दै युवाहरुलाई नैतिक शिक्षा पढाउनु जरुरी रहेको बताए । उनले विदेशमा काम गर्न जाने युवाहरुलाई सिपमा दक्ष बनाएर मात्रै पठाउनुपर्ने बताए । उनले राजनीतिक नियुक्तिका पदहरुमा क्षमता अनुसारका व्यक्तिहरु मात्रै नियुक्त गर्नुपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका