जोडिनुहोस
  • होमपेज
  • सचिव बैठकमा आक्रोशः ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो

सचिव बैठकमा आक्रोशः ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो

काठमाडौं । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा। बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उनले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव बैठक राखेर सुझावहरू लिनुका साथै केही निर्णयहरू पनि गराए ।

यसअघिका मुख्य सचिव शंकरदास वैरागीले पछिल्ला महिनामा सचिव बैठक नियमित राख्न सकेका थिएनन् । प्रत्येक महिना बसेर महत्वपूर्ण निर्णय लिनुपर्ने सचिव बैठक केही महिनादेखि अवरुद्ध हुँदै आएको थियो । तर, मुख्य सचिव अर्यालले हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने निर्णय गराएर बैठकलाई निरन्तरता दिलाएका छन् । यद्यपि, मुख्य सचिव अर्यालले सचिवहरूको पहिलो बैठकमा नै कडा प्रश्नहरूको सामना गर्नुपरेको छ ।

६० जनाभन्दा बढी सचिवहरू सहभागी सो बैठकमा केही सचिवहरूले प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको लाचार छाया र एसम्यानबन्दा प्रशासनिक संयन्त्र ध्वस्त बनेको टिप्पणी गरे । उनीहरूले मुख्य सचिव अर्याललाई एसम्यान नबन्न र प्रशासनिक संयन्त्रलाई कोमामा पुग्नबाट बचाउन सुझाव दिए ।

केही सचिवहरूले सचिवहरूकै विरुद्ध समेत आक्रोश पोखे । बैठकमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार प्रधानमन्त्री कार्यालयकै एक सचिवले मन्त्रीको चाकडी र चाप्लुसीमा रमाउने सचिवहरूले प्रशासनको साख गिराएको भन्दै आपत्ति व्यक्त गरे । ‘योग्यता र क्षमताबिना नै महत्वपूर्ण र संवेदनशील मन्त्रालयमा जान खोज्ने र त्यहाँ गएर मन्त्रीको एसम्यान बन्दै भ्रष्टाचारलाई संस्थागत गर्ने काम सचिवले गर्नु चिन्ताजनक र आपत्तिजक छ’ –प्रधानमन्त्री कार्यालयका ती सचिवले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका