जोडिनुहोस
  • होमपेज
  • इलामको रोङ गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम शुरु

इलामको रोङ गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम शुरु

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम शुरुआत गरेको छ । गाउँपालिकाले हिजो शुक्रवारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा शुरु गरेको अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताउनुभयो । रोङ गाउँँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन ।

अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्योु, अर्यालले भन्नुभयो, तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ । शुरुको दिन ११ वटा विद्यालयका तीन सय १० जना अभिभावक कक्षामा सहभागी भएका छन् । तीनजना स्नातकोत्तर सकेका अभिभावक पनि कक्षामा सहभागी भएका छन् । यो शिक्षाले अभिभावकलाई जिम्मेवार बनाउन सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

शिक्षाको गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको मात्र नभइ अभिभावकको पनि हुने भएकाले यो कार्यक्रम लागू गरिएको अध्यक्ष स्याङ्बोले बताउनुभयो । गाउँपालिकाले अभिभावकलाई अब महिनाको एक दिन विद्यालयमै ल्याएर पढाउने, त्यस दिन कक्षा ८ भन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्ने उहाँको भनाइ छ । जानाजान अभिभावक शिक्षामा सहभागी नहुने अभिभावकलाई वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने कार्यविधिमा उल्लेख छ । यसअघि नै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका