जोडिनुहोस
  • होमपेज
  • नक्कली भूटानी शरणार्थी प्रकरणः यस्तो छअधिवक्ता करुणाकर मल्लिक को बहस

नक्कली भूटानी शरणार्थी प्रकरणः यस्तो छअधिवक्ता करुणाकर मल्लिक को बहस

यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक बहस चलिरहेको छ । काठमाडौं जिल्ला अदालतमा गत आइतबार देखि थुनछेक बहस सुरु भएको हो । अधिवक्ता करणाकर मल्लिकले टोपबहादुर राइमाझीको बचाउ गर्दै बहस गरेका छन् ।

यस्तो छ बहस

टोपबहादुर रायमझीको हकमा अभियोजनकर्ता बाट कुनै ठोस प्रमाण पेश गर्न सकेको अवस्था छैन । निज विरुद्ध कुनै पनि व्यक्तिले नक्कली शरणार्थी बनाउने भनी रकम लिएको दाबी सहितको जाहेरी दिन सकेको छैन ।

अभियोग पत्र मा टोप बहादुर रायमझीले सानु भण्डारीबाट रकम लिएको भनी डायरी पेश गरेपनि डायरी मेरो होइन भनी स्वयं सानु भण्डारीले अदालतमा बयान गरेको र टोप बहादुरले पैसा लियो भन्ने कुनै प्रमाण समेत पेश गर्न सकेको छैन।

टोप बहादुर लाई फसाउन जनी बुझी निजलाई पकाउ गरेपछि सुनियोजित रुपमा तेज राज पन्थीको जाहेरी दर्ता गर्न लगाएपनि उक्त जाहेरीमा टोप वहादुर ले रकम लियो भनी किटानी छैन, केवल निजले अन्य व्यक्तिसँग यो प्रकरणमा भेटेको सम्म उल्लेख छ।

टोप बहादुर लाई योजनाकार भनी बयान गर्ने टेक नाथ रिजालको बयान प्रमाणमा लिन मिल्दैन, टेक नाथ ले स्वयं आफू भित्र मानव निर्मित स्वचालित यन्त्र जडान भएको उल्लेख गरेको अवस्थामा निजले भनेको कुरा प्रमाणमा लिन नमिल्ने आधारमा टोप वहादुर को कुनै संलग्नता देखिदैन।

टोप बहादुरले योजनाकार भएको भनी दाबी लिएपनि सो कुरा पुष्टि हुने कुनै प्रमाण वा आधार पेश गर्न सकेको छैन।

पन्थीको प्रतिवेदन किर्ते गर्यो भनी अभियोजनकार्ता बाट दाबी लिए पनि कसरी किर्ते गर्यो भन्ने सम्बन्धमा एउटा पनि प्रमाण पेश गर्न सकेको छैन।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका