जोडिनुहोस
  • होमपेज
  • मौसमः काठमाडौंमा बिहानैदेखि झरी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मौसमः काठमाडौंमा बिहानैदेखि झरी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले केही प्रदेशमा पूर्ण र केहीमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेगर्जनरचट्याङ्सहित भारी वर्षा हुनेछ । मधेस र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना छ। अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भोलि ९बुधबार० कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्नेछ । देशका अन्य केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना छ। अन्य केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

बिहीबार कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्नेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। मधेसका साथै कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?