जोडिनुहोस
  • होमपेज
  • मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाण्डौसम्म पैदलयात्रा गर्ने

मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाण्डौसम्म पैदलयात्रा गर्ने

मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाण्डौसम्म पैदलमार्च गर्ने भएका छन् । आज झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गरी उनीहरुले पैदलमार्च गर्न लागेको जानकारी गराएका हुन् । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति, नेपालका अध्यक्ष अवधेश कुशवाहाले भोलि झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च गर्ने बताउनुभयो । आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।

झापाको काँकडभिट्टा र कञ्चरपुरको महेन्द्रनगरबाट एकसाथ पैदलमार्च शुरू गरेर दुवैतर्फको टोली चितवनमा भेट हुनेछ । चितवनबाट संयुक्त रुपमा काठमाण्डौ छिर्ने कार्यक्रम रहेको कुशवाहाले बताउनुभयो । भोलि शुरु हुने पैदलयात्रा १५ दिनपछि काठमाण्डौ पुग्नेछ । यसअघि मिटरब्याज पीडित महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ पुगेका थिए । उनीहरूका समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग पनि बनाएको थियो । आयोगले छानबिन पनि गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका