जोडिनुहोस
  • होमपेज
  • विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक आधा घण्टा स्थगित

विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक आधा घण्टा स्थगित

काठमाडौं। विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधाघण्टा स्थगित भएको छ ।

प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाईई लिएर प्रमुख प्रतिक्षी दलहरु एमाले, रास्वपा र राप्रापाका सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेको सूचना दिएका हुन् ।

एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए । उनले अघि भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनले बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका