जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम

सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला एक सय रुपैयाँले बढ्दै १ लाख १० हजार ७ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज पुनः १ सय रुपैयाँले घटेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका