जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभाको बैठक भोलि बिहान ११ बजेर १ मिनेटसम्मका लागि स्थगित

राष्ट्रिय सभाको बैठक भोलि बिहान ११ बजेर १ मिनेटसम्मका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

उनले सत्तापक्ष दल र प्रतिपक्ष दलबीच छलफल गरेर संसद् सुचारु गर्ने विषयमा सहमति गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका