जोडिनुहोस
  • होमपेज
  • काठमाडौँबाट प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ

काठमाडौँबाट प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ

काठमाडौँ । काठमाडौँको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १६ हजार घुससहित पक्राउ परेका छन् ।

कागेश्वरी मनहरा–१, गागलफेदीस्थित श्री सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार थापा घुससहित पक्राउ परेका हुन् ।

शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग १६००० रुपैयाँ घुस रिसवत लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका