जोडिनुहोस
  • होमपेज
  • जसपाले गठन गर्‍यो तमुवान मगरात आन्दोलन जागरण अभियान

जसपाले गठन गर्‍यो तमुवान मगरात आन्दोलन जागरण अभियान

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तमुवान मगरात आन्दोलन जागरण अभियान गठन गरेको छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पहिचानमा आधारित प्रदेश संरचना निर्माणका लागि दबाब सिर्जना गर्न सो अभियान गठन गरिएको हो ।

मगरात राष्ट्रिय समितिको विस्तारित बैठकबाट नरेश थापाको संयोजकत्वमा अभियानको घोषणा गरिएको उनले बताए । अभियानको सदस्यहरूमा मगरात राष्ट्रिय समितिका पदाधिकारीहरू, मगरात राष्ट्रिय समिति अन्तर्गतका प्रदेशस्तरीय भ्रातृसंगठनका प्रतिनिधिहरू, जिल्ला स्तरीय पार्टी तथा भ्रातृसंगठनका प्रतिनिधिहरू रहने छन् ।

बैठकबाट सुस्मिता थापालाई मगरात राष्ट्रिय समितिको अध्यक्षमा चयन गरिएको छ । समितिको सदस्यहरूमा जगतकाजी गुरुङ, अर्जुन गुरुङ, इन्द्रबहादुर छन्त्याल, वसन्त थापा मगर, रवीन्द्र थापा, थकाली गुरुङ, नरेश थापा, निशा गुरुङ र भलबहादुर थापा मदनलाई समेटेर समितिलाई पूर्णता दिइएको छ ।

त्यस्तै मगरात राष्ट्रिय समिति गण्डकी सञ्चालन कार्यविधि तथा निर्देशिका निर्माण कार्यदल समेत गठन गरेको छ । मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज निर्मल जिसीको संयोजकत्वमा खडक आले, छविलाल राना, सुस्मिता थापा, नरेश थापा रहेको समिति गठन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका