जोडिनुहोस
  • होमपेज
  • कांग्रेस बैठक : आज पनि नेताहरूले धारणा राख्ने

कांग्रेस बैठक : आज पनि नेताहरूले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सानेपामा मंगलबारदेखि जारी बैठकअन्तर्गत आज तेस्रो दिन पनि नेताहरूले आ-आफ्नो धारणा राख्नेछन् । बैठक ११ बजेदेखि बोलाइएको छ ।

हिजो केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका छन् । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रिकृत मानसिकता हट्न नसकेको अधिकांश नेताले बताएका छन् । प्रदेश सभापतिहरूले पनि प्रदेश समितिलाई बेवास्ता गरिएको पार्टी विधि र विधानअनुरुप चल्न नसकेको गुनासो गरे ।

केही सदस्यले गठबन्धनको समर्थन गरेका थिए भने केहीले चुनावअघिको गठबन्धन आवश्यक नरहेको बताएका छन् । हिजो ४६ जनाले धारणा राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका