जोडिनुहोस
  • होमपेज
  • संसद्‌ बैठक बस्दै,यस्तो छ कार्यसूची

संसद्‌ बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडाैँ – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद्‌ भवन बानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि माननिय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ ।

आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्‌ ९काम, कर्तब्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद्‌ सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णर्याथ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसूची तयार गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका