जोडिनुहोस
  • होमपेज
  • मोरक्कोसँग हार्‍यो दक्षिण कोरिया

मोरक्कोसँग हार्‍यो दक्षिण कोरिया

काठमाडौँ । एसियाली राष्ट्र दक्षिण कोरिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह ‘एच’ अन्तर्गतको आइतबार खेलिएको खेलमा मोरक्कोले दक्षिण कोरियामाथि १- ० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो ।

यसअघि पहिलो खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २- ० गोलले हराएको थियो । दक्षिण कोरियाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल अगस्त ३ तारिखमा बलियो जर्मनीसँग खेल्नेछ । समूहमा एक खेल खेलेको जर्मनी तीन अंकसहित पहिलो र समान खेल खेलेको कोलम्बिया पनि तीन अंकसहित दोस्रो स्थानमा छन् ।

दुई खेलबाट तीन अंक बटुलेको मोरक्को भने तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दुई खेल सकेको दक्षिण कोरिया अंकविहीन छ । तर, उक्त समूहबाट नकआउट चरणमा पुग्ने टोलीहरुको भने अझै टुङ्गो लागेको छैन । हालसम्म समूह ‘जी’ बाट स्विडेन तथा समूह ‘सी’ बाट स्पेन र जापान प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् ।

दक्षिण कोरियाविरुद्घको प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले प्रारम्भमै गोल गरेको थियो । खेल सुरु भएको छैटौं मिनेटमा मोरक्कोका लागि इबतिसाम जराइदीले गोल गरेकी थिइन् । सोही गोल नै मोरक्कोलाई तीन अंक दिलाउन पर्याप्त भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका