जोडिनुहोस
  • होमपेज
  • पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भइरहेको उनको भनाइ छ ।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरोले सडक अवरुद्ध हुँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका