जोडिनुहोस
  • होमपेज
  • लगातारको गिरावटपछि उच्च अंकले बढ्यो नेप्से

लगातारको गिरावटपछि उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । लगातारको गिरावटपछि साताको चोथो दिन शेयर बजार उच्च अंकले वृद्धि भएको छ ।

साताको पहिलो दिन ३८, दोस्रो दिन ३ र तेस्रो दिन २८ अंकले घटेको नेप्से परिसूचक आज ४१.०६ अंकले बढेको छ । यसदिन बजारमा ५० लाख १० हजार ७१६ कित्ता शेयरको कारोबार हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रूपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा हिमालयन लघुवित्त वित्तीय संस्था, सुपर म्यादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मन्दकिनी हाइड्रोपावरले सर्वाधिक नाफा कमाएका छन् ।

भने, सेन्चुरी डेभेन्चर २०८८, लक्ष्मी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, उपसमूहतर्फ म्यूचअल फण्डबाहेकका बाँकी १२ वटै समूहको शेयरमूल्य बढेको छ ।

कारोबारका आधारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी १५ करोड ५० लाख २६ हजार २०२ रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका