जोडिनुहोस
  • होमपेज
  • बजेट निर्माण गर्दा सबैको चाहना र भावनाको सम्बोधनमा  ध्यान पुर्‍याउन अर्थमन्त्री पुनको निर्देशन

बजेट निर्माण गर्दा सबैको चाहना र भावनाको सम्बोधनमा  ध्यान पुर्‍याउन अर्थमन्त्री पुनको निर्देशन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम र योजनाहरु समावेश गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८१र०८२ को बजेट तर्जुमाबारे शनिबार अर्थ सचिव कृष्णहरि पुष्करसहित कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री पुनले बजेट निर्माण गर्दा सबैको चाहना र भावनाको सम्बोधन हुनुपर्ने कुरामा ध्यान पुर्‍याउन निर्देशन दिए ।

उत्पदान वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहेको उनले बताए । त्यसका लागि उत्पादनमुलक उद्योग प्रवर्द्धनमा लगानी र निर्यात प्रवर्द्धनलाई जोड दिनुपर्ने अर्थमन्त्री पुनको भनाइ छ ।अर्थमन्त्री पुनले बजेट निर्माण गर्दा सत्ता साझेदार दलहरुबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरुसँगको समन्वयमा समेत ध्यान पुर्‍याउन आग्रह गरे ।

मन्त्री पुनले कृषिजन्य उपज र बजारबीच लिंकेज हुने कार्यक्रम बजेटमा राख्न निर्देशन दिए । त्यस्तै, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास क्षेत्रहरुमा नयाँ बजार र आर्थिक केन्द्र स्थापना गर्ने विषयलाई बजेटमा समावेश गर्नुपर्ने उनको भनाइ छ ।स्थानीय तहमा जाने समानीकरण अनुदानलाई आर्थिक वर्षको बीचमा संशोधन गर्न नमिल्ने व्यवस्था गर्न तथा सशर्त अनुदानका कार्यक्रमहरु घटाउन समेत अर्थमन्त्री पुनको निर्देशन छ ।

मन्त्री पुनले यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री हुने समेत दाबी गरे । निजी क्षेत्रलाई प्रत्साहित हुने खालको बजेटले मात्र आर्थिक क्रियाकलाप विस्तार हुने उनको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका