जोडिनुहोस

३१ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा ५६ लाख ३ हजार १७९ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज गत दिनको तुलनामा कारोबार रकम भने घटेको छ ।

त्यस्तै, आजको कारोबारमा ईमर्जिङ नेपाल लिमिटेड, नेपाल बैंक डेबेन्चर२०७८ र स्केलिस हाइड्रोपावर लिमिटेडले सर्वाधिक नाफा कमाएको छ भने हिमालयन डिस्टीलिरी र थ्रि स्टार हाइड्रोपावर लिमिटेडले सर्वाधिक गुमाएका छन् ।

उपसमूहतर्फ म्युचुअल फण्ड बाहेकका १२ समूहको शेयर मूल्य घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका