जोडिनुहोस
  • होमपेज
  • चिकित्सा शिक्षा आयोगको बदमासी

चिकित्सा शिक्षा आयोगको बदमासी

काठमाडौं । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्याको कारण देशभर २ सय २८ नर्सिङ कलेज बन्द भएपछि नेपाली विद्यार्थी भारतसँग सिमाना जोडिएका नर्सिङ कलेजमा अध्ययन गर्न पुगेका छन् ।

‘चिकित्सा शिक्षा ऐनकै कारण २०७७/०७८ मा कोसीमा ४, मधेसमा ६, वागमतीमा ३५, गण्डकीमा ४, लुम्बिनीमा १७, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा १ गरी ७३ वटा कलेज बन्द भएका छन् । आयोगले शुरूमा २ सय २८ बन्द गरायो, त्यसपछि गएको आर्थिक वर्षसम्म ७३ बन्द भएका छन्’ –सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले भने ।

आयोगको अत्याचार विरोधमा निजी कलेज सञ्चालक आन्दोलनमा उत्रिएका छन् । कलेज सञ्चालकहरू एक सातादेखि माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । ‘नेपालमा ४ सय २९ वटा निजी कलेजले सीटीईभीटीको सम्बन्धन लिएर स्वास्थ्यका प्राविधिक विषय पढाइरहेका थिए ।

चिकित्सा शिक्षा ऐन आएपछि २२ वर्षअघिदेखि चलिरहेका नर्सिङ क्याम्पसहरू बन्द भएका छन्’ –संघर्ष समितिका संयोजक निर्मल सापकोटाले भने।

आयोगका विरुद्धमा शिक्षण संस्थाका सञ्चालक, शिक्षक, विद्यार्थी, अभिभावक आन्दोलित भएका छन् । उनीहरूको मागलाई उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, निजी शिक्षालयको सबै छाता संगठनले समर्थन जनाएका छन् ।

नेपालका कलेजमा अध्यापन बन्द गराएसँगै भारतीय सीमा क्षेत्रमा १ सय ६३ वटा कलेजहरू खुलेका छन् । भैरहवा, नेपालगन्ज, विराटनगर, वीरगन्ज, गौर, जनकपुरलगायतका जिल्लाका सिमानाबाट करिब ३० किलोमिटर दूरीमा पीसीएल तहको अध्ययन गर्न कलेज खुलेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका