जोडिनुहोस
  • होमपेज
  • अव्यवस्थीत गाईफर्मका कारण रुप्सेटारका स्थानीय मारमा, लाचार स्थानीय सरकार

अव्यवस्थीत गाईफर्मका कारण रुप्सेटारका स्थानीय मारमा, लाचार स्थानीय सरकार

काठमाडौं । गोकेर्णेश्वर नगरपालिका वडा नम्बर १ रुप्सेटारमा सञ्चालित अव्यवस्थित गाईफार्मका कारण स्थानीय आजित भएका छन् ।

गाइको मलखाद र गौमुत्र बगेर खेतबारी अनि सडक क्षेत्रमा आइपुग्दा फैलिएको दुर्गन्ध बारे स्थानीय सरकारमा गुनासो गर्दा समेत व्यवस्थित गराउन चासो नदिएको गुनासो स्थानीयले गरेका हुन ।

बाबुराम कार्कीले संचालन गरेको गाईर्फमले वरपरको बस्तीमा प्रभाब पारेको भन्दै स्थानियले बारम्बार वडा कार्यालयमा व्यवस्थित गराउने बारे ध्यानाकर्षण गराए पनि अहिलेसम्म पनि अवस्था उस्तै छ । “व्यवसाय गर्नै हुन्न पक्षमा हामी छैनौँ, तर गाईफर्मलाई ब्यबस्थित बनाउन माग गर्दै वडा कार्यालयमा निबेदन दिएपनि सुनुवाई भएन् ।” नाम सार्वजनिक नगर्ने सर्तमा एक स्थानीयले बताए ।

फर्मबाट आउने गौमुत्र, मलखाद, पानीसँगै ढलले बस्तीमा असर परेको गुनासो स्थानीयले स्वयम व्यवसायी कार्कीसँग समेत बारम्बार गर्दै आएका छन् । डम्पिङ साईट नहुदा गाईफर्मबाट निस्केको नाली जथाभाबि बगाउने कार्कीले बस्तिमा प्रत्यक्ष असर परेको बारे कुनै सुनुवाई नगरेको, जे गर्दा पनि हुन्छ भन्ने शैलीमा अघि बढेको भन्दै स्थानीयले आक्रोश पोखिरहेका छन् ।

गाईफर्मको नाली जथाभाबि बग्नाले हैजा, डेंगी जस्ता संक्रामक रोगको जोखिम बढेको स्थानीयको गुनासो छ । अझ फर्म क्षेत्रबाट आउने दुर्गन्धले स्थानीयमा जोखिम बढाउँदा मलखाद, गौमुत्रसहितको लिचेड सिधै बागमती नदिमा मिसिदा बागमती नदी सरसफाई अभियानमाथी नै चुनौँती थपिएको छ ।

संचालकलाई पटक पटक सम्झाउदा स्थानीय सरकारमा उजुरीसहित गुनासो पुर्याउदा समेत लापरबाहि नरोकिएको गुनासो गर्ने स्थानीय, वडा र नगरपालिका समेत गाईफर्मवालासँग बिकेको आशंका गरिरहेका छन् ।

पटक—पटक गुनासो गर्दै आएका गोकर्णेश्वर रुप्सेटार बासीले आफुहरुले स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारको सुनिश्चितताका लागि सरकारसँग हारगुहार गरिरहेका छन् ।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका