जोडिनुहोस
  • होमपेज
  • नेपालमा दैनिक २३ सय मेगावाट विद्युत खेर जान्छ, दोष कसको ?

नेपालमा दैनिक २३ सय मेगावाट विद्युत खेर जान्छ, दोष कसको ?

काठमाडौं । गत वर्ष मात्रै वर्षायाममा दैनिक करिब ८०० मेगावाट बिजुली खेर गयो । जबकि प्रणालीमा ३१०० मेगावाटभन्दा बढी बिजुली जोडिएको छ । नेपालमा दैनिक पिक डिमान्ड करिब १८०० मेगावाट छ । औसत डिमान्ड ११०० मेगावाट छ ।

भारतमा निर्यात ३०० मेगावाट छ । पिक आवरमा ८०० र अफ पिकमा करिब १५०० मेगावाट बिजुली खेर गइरहेको छ । यसबाट राज्यलाई अर्बौको नोक्सान भइरहेको छ । भारतबाट बिजुली आयात पनि भइरहेको छ । उद्योगमा लोडसेडिङ पनि कायम नै छ रु अहिले पनि औद्योगिक करिडोरमा दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ छ । झ्याप झ्याप बिजुली गइरहेको छ । बिजुली उत्पादन, आन्तरिक खपत, निर्यात एवं आयातको यो परिदृश्यले समग्र ऊर्जा क्षेत्रलाई जोखिमको बाटोमा धकेलेको छ । यसको दोषी को त रु

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् । व्यवस्थापनमा दक्ष मानिने कुलमान पनि दुई हजारभन्दा बढी बिजुली खेर जाँदै गर्दा मौन छन् । अहिले उनको पनि आलोचना हुन थालेको छ । छिनछिनमा बिजुली जाने आउने गरेकाले उनको आलोचना हुन थालेको हो । तर, उत्पादन भएका सयौं मेगावाट बिजुली खेर जाँदा प्राधिकरणको दायित्व के त भन्ने प्रश्न पनि खडा भएको छ ।

जबसम्म प्रसारण लाइन धेरैभन्दा धेरै बन्दैनन्, नेपालले बिजुली उत्पादन धेरै गरे पनि निरर्थक हुने देखिएको छ । नेपालको भौगोलिक अवस्था, वन तथा जग्गा अधिग्रहणमा देखिएको विवादले प्रसारण लाइन जति बन्नुपर्ने हो, त्यति बन्न सकेको देखिन्न । कहिले स्थानीय त कहिले वन कार्यालयले विवाद निकालिरहेकाले प्राधिकरणले प्रसारण लाइन बनाउन सकेको छैन ।

अमेरिकाको एमसिसी परियोजना प्रसारण लाइनसँग सम्बन्धित छ । तर त्यहाँ पनि यस्तै समस्या कायम छ । खासमा ऊर्जा मन्त्रालय र सरकारले नै प्रसारण लाइन निर्माणमा बढी चासो र पहलकदमी लिनुपर्ने हो, तर त्यो देखिएको छैन ।

मन्त्रालय चलाउने नेतामा बिजुलीसँग सम्बन्धित ज्ञानको अभावका कारण पनि यस्तो समस्या देखिएको हो । उत्पादनको दुई हजारभन्दा बढी मेगावाट खेर जानु सामान्य विषय हुँदै होइन । नेपालले भारत, बंगलादेशसँग बिजुली निर्यात गर्ने तयारी गर्दैगर्दा २३ सय मेगावाट बिजुली खेर गइरहेको विषयलाई नेपाल विद्युत प्राधिकरणको व्यवस्थाप पक्षले गम्भीर रूपमा लिनुपर्ने जलस्रोतविद्हरूको भनाइ छ ।

यदि २३ सय मेगावाट विद्युत खेर नजाने गरी प्रसारण लाइन निर्माण गर्नसकेको भए नेपालले महिनामा तीन चार अर्ब रुपैयाँ भारतलाई तिर्नुपर्ने अवस्था आउँदैनथ्यो । अहिले पनि नेपालले दैनिक तीन चार सय मेगावाट विद्युत आयात गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका