जोडिनुहोस
  • होमपेज
  • विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौँ । काठमाडौँबाट अवैध रूपमा लुकाएर विदेशतर्फ लैजान लागेको विदेशी मुद्र्रा सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–९ तुल्सीपुर घर भएका २४ वर्षीय अनिस थापासहित चार जना छन् ।

बुधबार राति हिमालयन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेको अवस्थामा अनिश थापालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआईजी अर्जुन चन्द ठकुरीले बताए ।

अनिशको साथबाट प्रहरीले अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७ र बहराइन दिनार ३ सय ८ बरामद गरेको छ ।

अनिश थापाले लगेजभित्र प्लाष्टिकले बेरेर चाउचाउको बीचमा लुकाएर सो रकम दुबई लैजान लागेका थिए । उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा विदेशी मुद्रा तिलोत्तमा नगरपालिका–९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतले दिएको खुलेको छ । पछि दिपेश रानासहित ३ जना पक्राउ परेका हुन् ।

३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश –०१–०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा पक्राउ परेका थिए । आरोपीहरुलाई प्रहरी वृत गौशालामा राखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका