जोडिनुहोस
  • होमपेज
  • चीनद्वारा ताइवान एकीकरण गर्नको लागि ‘ब्लूप्रिन्ट’ सार्वजनिक

चीनद्वारा ताइवान एकीकरण गर्नको लागि ‘ब्लूप्रिन्ट’ सार्वजनिक

बेइजिङ— एक महत्त्वपूर्ण कदममा, चीनले आफ्नो तटीय प्रान्त फुजियान र स्वशासित टापु राष्ट्र ताइवानबीचको एकीकरणलाई गहिरो बनाउन व्यापक योजना सार्वजनिक गरेको सीएनएनले उल्लेख गरेको छ।

चिनियाँ युद्धपोतहरूले ताइवानलाई घेरेपछि सैन्य शक्तिको प्रदर्शनसँगै यो घोषणा आएको हो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्ले संयुक्त रूपमा जारी गरेको निर्देशनमा फुजियानलाई ताइवानसँगको एकीकृत विकासका लागि प्रदर्शन क्षेत्र बनाउनेलगायतका महत्वाकांक्षी लक्ष्यहरू उल्लेख गरिएको छ।

यस निर्देशनलाई ताइवानको भविष्यको विकासको लागि सम्भावित खाकाको रूपमा चिनियाँ विज्ञहरूले राज्य मिडियामा उद्धृत गरेका छन्। यद्यपि, यसको रिलीज ताइवानसँग क्रस—स्ट्रेट सम्बन्धको एक महत्वपूर्ण मोडमा आउँछ ।

आगामी जनवरीमा ताइबानमा राष्ट्रपतीय निर्वाचनको हुँदैछ। बेइजिङको सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्नो इलाका दाबी गरेको २४ मिलियन जनसंख्या भएको टापु एक जीवन्त लोकतन्त्र भएको भएता पनि चीनले ताइवानमाथि सैन्य दबाब जारी राखेको छ ।

चीनको एकीकरण योजनाको विमोचन अघिका दिनहरूमा, एक चिनियाँ विमान वाहक र लगभग दुई दर्जन युद्धपोतहरू ताइवान नजिकैको पानीमा भेला भएको देखियो, ताइवानी अधिकारीहरूका अनुसार।

चीनले लामो समयदेखि ताइवान तर्फ आफ्नो दबाब सिर्जना गरिरहेको छ । चीनले फुजियान र ताइवानको लागि आफ्नो एकीकरण योजनाको साथ अगाडि बढ्दै गर्दा, यो क्षेत्र भू—राजनीतिक तनावको केन्द्रबिन्दु बनेको छ, जसमा क्रस—स्ट्रेट सम्बन्ध र क्षेत्रीय स्थायित्वको भविष्यमा असर परेको सीएनएनले उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका