जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौ महानगरद्वारा अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन शुरु

काठमाण्डौ महानगरद्वारा अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन शुरु

काठमाण्डौ महानगरपालिकाले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनको अनुगमन शुरु गरेको छ । काठमाण्डौ महानगरकी उपप्रमुख एवम् अनुगनम समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा भृकुटी मण्डपमा रहेको काठमाण्डौ मोडल अस्पतालबाट अनुगमन थालेको महानगरले जनाएको छ ।

काठमाण्डौ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० मा हानिकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने उल्लेख छ ।

अनुगमनका क्रममा अस्पतालको नर्सिङ विभाग प्रमुख राधिका घिमिरेले फोहोर उत्पादन हुने ठाउँ, सङ्कलन तथा ढुवानी गर्ने साधन र प्रशोधन गर्ने ठाउँसमेत देखाउनु भएको थियो । अस्पतालले तीन लाख रुपैयाँ खर्च गरेर सङ्क्रमित फोहोरलाई सामान्य फोहोर बनाउने प्रणाली स्थापना गरेको छ ।

फोहोर उत्पादन हुने ठाउँ ड्युटीमा रहने नर्सिङ स्टाफको जिम्मेवारीमा रहन्छ । एक सय शय्याको काठमाण्डौ मोडेल अस्पतालमा हानिकारक फोहोर सङ्कलन गर्न आठ वटा बाल्टिन सहितको ट्रली प्रयोग गर्ने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका