जोडिनुहोस
  • होमपेज
  • बढी तौलको एलपी ग्यासका कारण ठूलो दुर्घटना हुनसक्छः सांसद भट्टराई

बढी तौलको एलपी ग्यासका कारण ठूलो दुर्घटना हुनसक्छः सांसद भट्टराई

काठमाडौँ– नेकपा एमालेका सांसद योगेश भट्टराईले अनधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्री वितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिइ केही कम्पनीहरुले बढी तौलका खाना पकाउने ग्यास बिक्री वितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बिक्री वितरणको विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।

बढी तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिह्न नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उनले यसले ठूलो दुर्घटना निम्त्याउनसक्ने धारणा राखे ।

उनले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका