जोडिनुहोस
  • होमपेज
  • रुसमा मृत्यु भएका सैनिकका परिवारले बुझाए डीएनएको नमूना

रुसमा मृत्यु भएका सैनिकका परिवारले बुझाए डीएनएको नमूना

रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली युवाका आफन्तले शवको पहिचानका लागि डीएनएको नमूना बुझाएका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर विहीबार मृतकका परिवारहरूले डीएनएको नमुना दिएका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गत २४ फागुनमा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन पत्राचार गरेको थियो । परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बीसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारलाई डीएनए संकलनका लागि बोलाएको छ । त्यसैगरी प्यूठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको पनि डीएनए नमुना पठाइदिन रुसले आग्रह गरेको छ। कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइसकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका