जोडिनुहोस
  • होमपेज
  • खैबर पख्तुनख्वामा इन्धनको मूल्यवृद्धिको विरोधमा पाकिस्तानी यातायात व्यवसायी आन्दोलित

खैबर पख्तुनख्वामा इन्धनको मूल्यवृद्धिको विरोधमा पाकिस्तानी यातायात व्यवसायी आन्दोलित

खैबर पख्तुनख्वा— खैबर पख्तुनख्वा (केपी) मा यातायात व्यवसायीहरूले पेट्रोलियम मूल्यमा भएको वृद्धिको विरोधमा आन्दोलित भएका छन् ।

मुद्रास्फीतिबाट प्रभावित जनसङ्ख्यामा प्रतिकूल असर पार्ने गरी भएको मूल्यवृद्धि फिर्ता लिन उनीहरूले सङ्घीय सरकारलाई सामूहिक रूपमा आह्वान गरेका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई फिर्ता नलिएमा एकतर्फी भाडा बृद्धि गर्ने वा हडताल जारी राख्ने यातायात व्यवसायीले बताएका छन् ।

सार्वजनिक यातायात संघका अध्यक्ष खान जमान अफ्रिदीले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर पाकिस्तानी रुपैयाँ (पीकेआर) ३३० भन्दा बढि बृद्धिले यातायात व्यवसायी र यात्रु दुबैलाई कठिनाइलाई बढाएको बताए ।

आफूले अन्याय भएको भन्दै सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए। यातायात व्यवसायीहरुको असन्तुष्टि विभिन्न युनियनहरुमा फैलिएको छ, जसमा विभिन्न वर्गका करिब १० युनियनहरु तेलको मूल्य बृद्धि गर्ने सरकारको निर्णयको विरुद्ध एकजुट भएको डनले उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका