जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले भने– भारतले सिधै २० करोड खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्दैन

प्रधानमन्त्रीले भने– भारतले सिधै २० करोड खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भारतसँग हाल भएको सम्झौतामा कुनै पनि त्यस्तो प्रावधान नराखिएको बताए।

प्रधानमन्त्रीले आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र अद्यावधिक समीक्षासमेत नेपाल सरकारकै संयन्‍त्रबाट हुने स्पष्ट पारे।

‘भारतसँग हाल भएको सम्झौतामा कुनै पनि त्यस्तो प्रावधान राखिएको छैन। जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ’, उनले भने, ‘यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र अद्यावधिक समीक्षा समेत नेपाल सरकारकै संयन्‍त्रबाट हुन्छ। यो परिस्थितिमा यो सम्झौताबाहेक धेरै हामीले तनाव लिनुपर्ने कारण छैन। नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिन सक्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका