जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा दर्शन तथा विशेष पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा दर्शन तथा विशेष पूजाअर्चना

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिरको दर्शन गरेका छन् । उनले बिहान जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका हुन् ।

दर्शकासाथै उनले जानकी मन्दिरमा पूजाअर्चना र प्रसाद ग्रहण गरेका हुन् । उनलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले पूजा अर्चना गराएका थिए । उनीसँगै प्रथम महिला सविता पौडेलसमेत पूजामा सरिक भएकी थिइन् ।

राष्ट्रपति पौडेल करिब ४० मिनेट जानकी मन्दिरमा पूजा अर्चनामा सहभागी भएका थिए । राष्ट्रपति पौडेल ६ दशकदेखि अनवरत रुपमा हुँदै आइरहेको सीताराम राम संकिर्तनमा समेत केहीबेर सहभागी भए ।

राष्ट्रपति पौडेलसँगै नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वमन्त्री रामकृष्ण यादव थिए ।

जानकी मन्दिरको पूजा सकिएपछि राष्ट्रपति पौडेल मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको निवासमा विश्रामका लागि गएका छन् । आजै दिउँसो १ बजे नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवनमा उनलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका