जोडिनुहोस
  • होमपेज
  • काँग्रेसले भन्यो – प्रधानमन्त्रीबाट नै बेइमानी भयो

काँग्रेसले भन्यो – प्रधानमन्त्रीबाट नै बेइमानी भयो

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थत फिर्ता लिँदै प्रधानमन्त्रीले विश्वासघात गरी गठबन्धन तोडेर बेइमानी गरेको ठहर गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमान्दार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भए पनि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको प्रतिक्रिया दिए ।

सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएको र सोबारे सभामुखलाई आजै जानकारी गराउने पनि प्रमुख सचेतक लेखकले जानकारी दिए ।

विगतमा संविधानको रक्षा र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले विभिन्न दल सम्मिलित गठबन्धन बनाएको र सोहीअनुसार निर्वाचनमा भाग लिएको उनको भनाइ छ ।

बैठकले सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दलका हैसियतमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको र आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारीरुपमा प्रस्तुत हुन निर्देशन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका