जोडिनुहोस
  • होमपेज
  • विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि…

विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि…

काठमाडौं । काठमाडौंबाट सोमबार पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान काठमाडौं नै फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौंँ फर्किएका हुन् । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले पोखराको विमानस्थलको टावरमा पाइलटको सम्पर्क हुन नसकेपछि यति र श्री एयरका जहाज काठमाडौँ फिर्ता आएको जानकारी दिए । ‘टावरको सञ्चार सेवामा समस्या आउँदा दुई विमान काठमाडौं फिर्ता भएका छन्,’ झाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका