जोडिनुहोस
  • होमपेज
  • इजरायलमा नेपालीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्दै

इजरायलमा नेपालीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्दै

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मिसन उद्धारअन्तर्गत नोपल एयरलाइन्सको जहाज जान लागेको हो ।

इजरायल र नेपालको हवाई दूरी ६ घन्टा छ । नेपाल एयरलाइन्सले युनाइटेड अबर इमिरेट्सको दुबईमा ट्रान्जिट बनाएको छ ।
यसअघि हिमालयन एयरलाइन्सको जहाज जाने भनिएको थियो ।

प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी १२ नेपाली विद्यार्थीको मृत्यु भएको छ । एकजना अझै बेपत्ता छन् । घाइते दुईजनाको उपचार भइरहेको छ ।

सरकारले स्वदेश फर्किन चाहनेलाई अनलाइन रजिस्ट्रेसन गर्न आह्वान गरेको थियो । जसअनुसार अहिलेसम्म साढे दुई सय नेपालीले उद्धार गरिदिन आह्वान गरेका छन् । इजराइलमा ४५ सयभन्दा बढी नेपाली छन् ।

सरकारले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । प्यालेस्टिनी अतिवादी समूह हमासको आक्रमणपछि इजरायलमा रहेका नेपालीको अवस्था, उद्धार प्रकिया, शव स्वदेश फर्काउन चालिएको कदमलगायतका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले बुधबारदेखि अपराह्न साढे ४ बजे प्रेस ब्रिफिङ गर्न लागेको हो ।

इजरायलमा भएको पछिल्लो घटनाक्रमका कारण अलपत्र नेपालीलाई राजदूत कान्ता रिजाल वा प्रथम सचिव अर्जुन घिमिरेलाई सम्पर्क गर्न भनिएको छ । प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा, शाखा अधिकृत कृष्ण सिलवाललाई पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका