जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानद्वारा अफगानिस्तानमा २१२ वस्तु निर्यातमा प्रतिबन्ध

पाकिस्तानद्वारा अफगानिस्तानमा २१२ वस्तु निर्यातमा प्रतिबन्ध

इस्लामाबाद— पाकिस्तानको वाणिज्य मन्त्रालयले अफगानिस्तानमा २१२ वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाएको पाकिस्तानको स्थानीय मिडिया आउटलेट एआरवाई न्यूजले उल्लेख गरेको छ।

सरकारले १७ प्रकारका कपडा, सबै किसिमका सवारीसाधनको टायर, चिया पत्ता, सौन्दर्य प्रसाधन र दर्जनौं प्रसाधन सामग्रीको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

त्यसैगरी कागती, सुक्खा तथा ताजा फलफूल, फ्रिज, रेफ्रिजरेटर, एयर कन्डिसनर, जुसर, मिक्सर ब्लेन्डरलगायतका घरेलु सामग्रीलाई पनि अफगानिस्तान लैजान प्रतिबन्ध लगाइएको छ ।

पाकिस्तानले अफगान पारवहन व्यापार सम्झौता अन्तर्गत आयात हुने धेरै वस्तुमा १० प्रतिशत प्रशोधन शुल्क लगाएको एक दिनपछि यो प्रतिबन्ध लगाइएको हो।

प्रभावित वस्तुमा कन्फेसनरी, चकलेट, जुत्ता, विभिन्न मेसिनरी, कम्बल, घरेलु कपडा, कपडा लगायतका सामग्री रहेका छन् । अफगानिस्तान ट्रान्जिट ट्रेडबाट हुने वित्तीय घाटालाई रोक्न पाकिस्तानले नयाँ रणनीति बनाएको छ ।

अफगानिस्तान ट्रान्जिट ट्रेडबाट पाकिस्तानले पाकिस्तानी रुपैयाँ १८० बिलियनको वार्षिक वित्तीय घाटा व्यहोरेको छ। आर्थिक घाटा न्यूनीकरण गर्न संघीय राजस्व बोर्ड (एफबीआर) ले पारवहन वस्तुको तस्करी रोक्न नयाँ रणनीति बनाएको छ ।

कागजातमा पाकिस्तानले अफगान ट्रान्जिट ट्रेडमा सबै विलासी वस्तुहरूको शतप्रतिशत ग्यारेन्टी लिने उल्लेख छ। विशेष लगानी सहजीकरण परिषद् (एसआईएफसी) को शीर्ष समितिको सिफारिसपछि पाकिस्तान सरकारले अफगानिस्तान ट्रान्जिट ट्रेडमार्फत विलासिताका वस्तुको तस्करी अन्त्य गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका