जोडिनुहोस
  • होमपेज
  • करको दायरा बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह

करको दायरा बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको छ । आईएमएफले पाकिस्तानी अधिकारीलाई कृषि, घरजग्गा, खुद्रा व्यापारजस्ता क्षेत्रलाई करको दायरामा ल्याउन आग्रह गरेको हो ।

आर्थिक समस्याको सामना गरिरहेको पाकिस्तानका अधिकारीहरुसँगको भेटवार्ताका क्रममा आईएमएफले यस्तो आग्रह गरेको पाकिस्तानको जियो न्युजले जनाएको छ । पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलरबराबरको सम्झौता हुनुअघि आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको हो ।

पाकिस्तानको संघीय राजश्व बोर्डले अन्तर्राष्ट्रिय दाताहरुसँग कर संकलन योजनाबारे छलफल गरेको र यसबारे आईएमएफले थप सुझाव दिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । आईएमएफले कृषि क्षेत्रलाई करको दायरामा ल्याउन पाकिस्तानका प्रान्तीय निकायहरुबाट निश्चित समयसीमाको अपेक्षा गरिएको बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका