जोडिनुहोस
  • होमपेज
  • नेपाली सेनाद्धारा महासचिव गुटेरेसलाई गारत सम्मान

नेपाली सेनाद्धारा महासचिव गुटेरेसलाई गारत सम्मान

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका छन् । एन्टोनी गुटेरेस शनिबार राति काठमाडौँ आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा महासचिव एन्टोनियो गुटेरेसलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरेका थिए। सोही अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायतले उपस्थिति जनाएका थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण समेत गरेका छन् ।

यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस जलवायु परिवर्तनको असरबारे बुझ्न र प्रत्यक्ष सम्वाद गर्न अन्नपूर्ण आधार शिविर जाँदै छन् । सोमबार पोखरा बास बस्ने उनी मंगलबार बिहान हेलिकोप्टरबाट बेसक्याम्प जाने भएका छन् । उनको सुरक्षा र पूर्व रेकी गर्न सुरक्षा निकाय बेसक्याम्प पुगिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका