जोडिनुहोस
  • होमपेज
  • काठमाडौं महानगरले दुई महिना मै उठायो एक अर्ब १७ करोड राजस्व

काठमाडौं महानगरले दुई महिना मै उठायो एक अर्ब १७ करोड राजस्व

काठमाडौं।काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ ।

चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट २५ करोड असुल भएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेको भनाइ छ ।

गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्यरूपमा बढेका छन् । पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका