जोडिनुहोस
  • होमपेज
  • कांग्रेस संसदीय दलको बैठकका ७ एजेण्डा तय

कांग्रेस संसदीय दलको बैठकका ७ एजेण्डा तय

काठमाडौँ । कांग्रेस संसदीय दलको बैठकका सात एजेण्डा तय भएको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसिरहेको बैठकमा ७ एजेण्डा तय भएको हो ।

जसअनुसार संसदको अवरोध खुलाउने, संसदमा विचाराधिन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयकबारे छलफलको एजेण्डा तय गरिएको छ ।

यस्तै चालु आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा यसको प्रभावकारी कार्यान्वयन, संघीय संसदमा नेपाली कांग्रेसको प्रभावकारी भूमिका, सरकारलाई अनुरोध गर्ने विषय पनि छलफलको एजेण्डा रहेको छ ।

सरकारलाई अनुरोध गर्ने विषय अन्तरगत अविरल वर्षाका कारण बढीपहिरोले गर्दा भएको धनजन क्षति, उद्दार, राहत एवं पुनर्स्थापना, पशुचौपायामा लागेको लम्पी स्किन रोगका कारण भएको क्षति, सोको रोकथाम तथा किसानहरुलाई राहत, देशका विभिन्न भागमा फैलिएको डेंगु र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोग रोकथाम तथा उपचार महंगी, प्रभावकारी सेवा प्रभाव र सुशासन जस्ता विषयलाई समेटिएको छ ।

यस्तै विविध र शोक प्रस्तावहरु पनि एजेण्डामा समेटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका