जोडिनुहोस
  • होमपेज
  • रुसका राजदूतले भने– प्रधानमन्त्री प्रचण्डलाई रुसमा स्वागत गर्न तयार छौँ

रुसका राजदूतले भने– प्रधानमन्त्री प्रचण्डलाई रुसमा स्वागत गर्न तयार छौँ

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए नोभिकोभबिच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुदमन्त्री लिम्बूको कार्यकक्षमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा आयोजना हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको थियो ।

राजदूत नोभिकोभले ‘गेम्स अफ फ्युचर’ मा नेपालको सहभागिताबारे यकिन हुन चाहेको बताउँदै गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताएका थिए । भेटका क्रममा खेलकुदमन्त्री लिम्बूले नेपालररुसबिचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै ‘गेम्स अफ फ्युचर’ मा सहभागितका लागि आफूहरु गम्भीर रहेको बताएका थिए ।

खेलकुद मन्त्रालयका सचिव र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गेम्सको विविध पक्षबारे जानकारी लिएका थिए । सो अवसरमा सन् २०२४ को मार्चमा रुसकै सोचीमा आयोजना हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिताबारे पनि कुराकानी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका