जोडिनुहोस
  • होमपेज
  • विद्युतमा अहिलेसम्मकै ठूलो लगानी

समाचार

विद्युतमा अहिलेसम्मकै ठूलो लगानी

  • Sagarmatha TV
  • शुक्रबार, कार्तिक १७, २०८०
विद्युतमा अहिलेसम्मकै ठूलो लगानी

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठुलो बाँध आयोजनाका रूपमा रहेको छ ।

सो आयोजनामा लगानी गर्न एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको छ ।

टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत्गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तक्र्रियासमेत गरेको छ । ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको निर्माणमा अलमल भइरहँदा नेपालले विद्युत् उत्पादनमा फड्को मार्न समस्या भइरहेको थियो ।

कुल ६ सय ३५ मेगावाट क्षमता रहेको जलाशययुक्त आयोजनाका रूपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक ९एडीबी०ले ऋणबाट १ अर्ब ६८ करोड डलर र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्नेगरी तयारी गरिएकोे छ ।

अनुमानित लागत निर्माण अवधिको ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर अर्थात् करिब २ खर्ब २५ अर्ब रहेको छ । आयोजना निर्माणबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुनेछन् ।

जसमध्ये २ सय ३८ घरधुरी पूर्ण र २ हजार ९ सय १ घरधुरी आंशिक रूपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको छ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका