जोडिनुहोस
  • होमपेज
  • आजको मौसमः उच्च पहाडी भू–भागमा आज हिमपातको सम्भावना

आजको मौसमः उच्च पहाडी भू–भागमा आज हिमपातको सम्भावना

काठमाडौँ। देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

वर्षा र हिमपातको सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न तथा दैनिक क्रमिक रुपमा तापक्रम घटिरहेकाले आवश्यक सतर्क हुन विभागको आग्रह छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका