जोडिनुहोस
  • होमपेज
  • इजराइलद्वारा राष्ट्रसंघको स्कुलमा आक्रमण, १५ जनाको मृत्यु

इजराइलद्वारा राष्ट्रसंघको स्कुलमा आक्रमण, १५ जनाको मृत्यु

गाजा— शनिबार इजराइलले संयुक्त राष्ट्रसंघको एक स्कुलमा आक्रमणमा १५ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त स्कूलमा हजारौँ विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए ।

‘आज बिहान इजराइलद्वारा अल–फखुरा स्कुलमा गरिएका नरसंहारमा १५ जना सहिद र ७० जना घाइते भएका छन्’ मन्त्रालयलका प्रवक्ता असरफ अल–कद्रले पत्रकार सम्मेलनमा भने । मन्त्रालयले यसअघि १२ जना मारिएको र ५४ जना घाइते भएको बताएको थियो ।

इजराइलका तर्फबाट तत्काल उक्त आक्रमणबारे कुनै प्रतिक्रिया आएको छैन र एएफपीले पनि स्वतन्त्ररूपमा मृतकहरूको सङ्ख्या पुष्टि गर्न सकेको छैन । प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी युनआरडब्लुएको तर्फबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

बिहीबार गाजापट्टीमा युद्धबाट विस्थापित भएका मानिस बस्ने आफ्ना चारवटा स्कुल बमबारीले क्षतिग्रस्त भएको युनआरडब्लुएले बताएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका