जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा छोटो अवधिको मुद्रास्फीति बढेर २९ दशमलव ८८ प्रतिशत पुग्यो

पाकिस्तानमा छोटो अवधिको मुद्रास्फीति बढेर २९ दशमलव ८८ प्रतिशत पुग्यो

इस्लामावाद— पाकिस्तानमा अल्पकालीन मुद्रास्फीति नोभेम्बर २ मा वार्षिक रूपमा २९ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ प्राइस इन्डेक्सले मापन गरेको साप्ताहिक मुद्रास्फीति पनि साताको आधारमा ० दशमलव ७१ प्रतिशतले बढेको छ।

पाकिस्तानको कार्यवाहक सरकारले हालको पन्ध्र हप्ताको लागि पेट्रोल र हाई—स्पीड डिजेलको मूल्यलाई कायम राखेको छ, जसले उल्लेखनीय कटौतीको अपेक्षा गर्ने उपभोक्ताहरूको आशालाई ध्वस्त पारेको छ।

ओग्राले उल्लेख्य गिरावटको सिफारिस गरे पनि अन्तरिम सरकारले इन्धनको मूल्य उच्च स्तरमा यथावत राख्ने निर्णय गरेको छ । एसपीआई बास्केटमा रहेका ५१ वस्तुमध्ये १२ वटाको मूल्य बढेको छ भने १४ वटाको घटेको छ । अघिल्लो साताको तुलनामा मूल्य यथावत रहेका सामानको संख्या २५ थियो ।

यसैबीच, विश्व बैंकले पाकिस्तानको ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको भन्दै गरिबीको चरम बिन्दुमा रहेको चेतावनी दिएको द फाइनान्सियल पोस्टले उल्लेख गरेको छ।

गत वर्ष १ करोड २५ लाख भन्दा बढी पाकिस्तानीहरू गरिबीको रेखामुनि परेका र आफ्नो दैनिक आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेका छन् भन्ने तथ्यलाई भविष्यका लागि बैंकको सुझावहरूको आधारभूत तथ्य हो। पछिल्लो तथ्याङ्कले गरिबी ३४ दशमलव २ प्रतिशतबाट बढेर ३९दशमलव ४ प्रतिशतमा पुगेको देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका