जोडिनुहोस
  • होमपेज
  • विश्वकप क्रिकेटः पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

विश्वकप क्रिकेटः पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईको वांखेडे रंगशालामा नेपाली समय अनुसार दिउँसो २ बजेर १५ मिनेटबाट खेल सुरु हुनेछ ।

जारी विश्वकपमा अपराजित रहँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो । भारतले विश्वकपमा सहभागी सबै टिमलाई यस पटक समूह चरणमा पराजित गरेको छ । त्यस्तै सन् २०१९ मा विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि भारतलाई छ । तर, विश्वकपसहित आईसीसीका प्रतियोगितामा भने रेकर्ड न्युजिल्यान्डको पक्षमा रहेको छ । यसै पटकको समूह चरणमा हराउनु अघि भारतले न्युजिल्यान्डलाई सन् २००३ को विश्वकपमा पराजित गरेको थियो ।

सौरभ गांगुलीको नेतृत्वमा रहेको भारतीय टिमले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो । त्यसयता भने आईसीसीका सबै प्रतियोगितामा भारत न्युजिल्यान्डसँग पराजित हुँदै आएको छ । अहिलेसम्म आईसीसीका १० प्रतियोगितामा भारत–न्युजिल्यान्ड आमनेसामने हुँदा ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ । जारी विश्वकपमा भने समूह चरणका ९ खेलमध्ये ५ खेलमा जित हात पार्दै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार दिउँसो अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका