जोडिनुहोस
  • होमपेज
  • विश्वको सबैभन्दा प्रदूषित शहरमा पाकिस्तानको लाहोर शहर

विश्वको सबैभन्दा प्रदूषित शहरमा पाकिस्तानको लाहोर शहर

लाहोर— पाकिस्तानको लाहोर शहर विश्वको सबैभन्दा प्रदृषित शहरमा सूचीकृत भएको छ ।

पाकिस्तानको दोस्रो ठूलो सहर धुवाँको प्रदुषणबाट ग्रस्त छ जसले लाखौं मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनलाई असर गरेको छ।

स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनीका अनुसार, लाहोरको वायु गुणस्तर खतरनाक ४७० मा वायु गुणस्तर सूचकांक (एक्यूआई) सँग विश्वमा सबैभन्दा खराब अवस्थामा रहेको छ,, त्यसपछि दिल्ली ३०२ मा र कराँची २०४ रहेको छ ।

सवारीसाधनको उत्सर्जन, औद्योगिक प्रदूषण र बाली जलेको संयोजनबाट निस्कने धुवाँ खतरनाक स्तरमा पुगेको छ, जसमा सबैभन्दा हानिकारक कण पीएच २ दशमलव ५ को सांद्रता विश्व स्वास्थ्य संगठनको वार्षिक वायु गुणस्तर निर्देशिका मानको १५ गुणा बढी छ।

धेरै लाहोरका बासिन्दाहरूले विषाक्त हावाका कारण श्वासप्रश्वासमा समस्या, आँखामा संक्रमण र छालासम्बन्धी रोग लागेको गुनासो गरेका छन्। कतिपयले धुवाँबाट बच्न सहर छाडेर गएका छन् ।

पञ्जाब कार्यवाहक सरकारले बुधबार प्रान्तका सबै शैक्षिक संस्था र सार्वजनिक र निजी कार्यालयहरू धुवाँ कम गर्ने उपायहरूको रूपमा शनिबार बन्द गर्ने घोषणा गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका