जोडिनुहोस
  • होमपेज
  • नवजात शिशुको मृत्युपछि सेती प्रादेशिक अस्पतालमा घेराउ

नवजात शिशुको मृत्युपछि सेती प्रादेशिक अस्पतालमा घेराउ

नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै कारबाही र क्षतिपूर्तिको माग राखेर आफन्तले अस्पताल घेराउ गरेका हुन् । आन्दोलनमा उत्रिएका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका