जोडिनुहोस
  • होमपेज
  • एमाले नेतालाई ओलीको निर्देशन  बामपन्थी एकताको कुरा नगर्नू

एमाले नेतालाई ओलीको निर्देशन  बामपन्थी एकताको कुरा नगर्नू

नेकपा एमालेका अध्यक्षले आफ्ना पार्टीका नेताहरूलाई बामपन्थी एकताको कुरा नगर्न निर्देशन दिएका छन् । यस्तो एकताको अभ्यासले एमाले झन् टुक्रँदै गएको उनको विश्लेषण छ ।

पार्टीको मुख्यालय च्यासलमा बुधबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधनमा विगतमा एक पार्टीसँग एकता गर्दा दुई भएर फुट्ने अवस्था भएको स्मरण गर्दै अब एकताको कुरा गरेर पार्टी अगाडि नबढ्ने तर्क गरे । माओवादीसँग २०७५ सालमा भएको एकतालाई स्मरण गर्दै ओलीले भने, ‘वामपन्थी एकता जति गरायो, त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ०७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो ।’ आफूले राजनीति सुरु गर्दादेखि नै बामपन्थी एकताको कुरा भएको र यो अभ्यास असफल भएको ओलीको भनाइ छ । अब एमालेको नेतृत्व र नीति मान्ने पार्टी एमालेमा समाहित हुने सक्ने तर एकता भने नहुने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका