जोडिनुहोस
  • होमपेज
  • सानो भेरी गाउँपालिकाः पुरानो गाउँमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा

सानो भेरी गाउँपालिकाः पुरानो गाउँमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । जाजरकोट भुकम्प’ बाट प्रभावित बस्तिहरुमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका वडा नं. ४ पुरानो गाउँमा गौनी वि.को घरबाट शुरुवात गरी ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भूकम्प पिडितका लागि अस्थायी टहरा निर्माण अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली र गुरु बराल, नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, रुकुम (पश्चिम) का सभापति प्रेमप्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका नेता तथा पार्टी सदस्यहरु संलग्न रहेको नेपाली कांग्रेस प्रचार विभाग प्रमूख मीन विश्वकर्माले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसले भूकम्प पिडितको दुःखको बेलामा योगदान गर्ने पार्टीका सबै साथीहरुको उच्च प्रशंशा गर्दै अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न सबैलाई अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका