जोडिनुहोस
  • होमपेज
  • नेपाल एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीले थाले कार्यकारी प्रमुख अधिकारीविरुद्ध धर्ना

नेपाल एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीले थाले कार्यकारी प्रमुख अधिकारीविरुद्ध धर्ना

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले आइतबारदेखि गेटमै धर्ना दिएर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । अधिकारीमाथि त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको आरोप लागेको छ ।

केही दिनअघिमात्रै नेपाल उडड्यन प्राधिकरणले निगमले एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो । वर्षौंदेखि सञ्चालनमा नरेहको र व्यवस्थित गर्न नसकिएको ट्वीनअटर जहाज साथै पाँच थान चिनियाँ जहाज र त्यसका करोडौं मूल्यका पार्टपुर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन् ।

कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्ती गर्नुपर्नाको नौवटा कारण राखेर कर्मचारीहरू आन्दोलित देखिएका छन् । अधिकारीलाई पदबाट हटाउन पर्यटनमन्त्री सुदन किराँतीसमेत लागिपरेका छन् ।

उनले अधिकारीलाई बर्खास्त गर्न फेरि स्पष्टीकरण सोध्न लगाएका छन् । यसअघि पनि किराँती र अधिकारीबीच विवाद देखिएको थियो । तर अधिकारीले किराँतीमाथि दबाब दिन लगाएर पद जोगाउँदै आएका थिए । तर यसपटक भने उनलाई निकै गाह्रो हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका