जोडिनुहोस
  • होमपेज
  • हालाण्डले जिते प्रिमियर लिगको ‘प्लेयर अफ द इयर’ अवार्ड

हालाण्डले जिते प्रिमियर लिगको ‘प्लेयर अफ द इयर’ अवार्ड

काठमाडौँ । इर्लिंग हालाण्डले प्रिमियर लिगको ‘प्लेयर अफ द इयर’ को अवार्ड जितेका छन् ।

गत सिजनमा म्यानचेस्टर सिटीका लागि ५२ गोल गरेका हालाण्डले २०२२(३ सिजनको प्लेयर अफ द इयरको अवार्ड जितेका हुन् ।

हालाण्डले केभिन डी ब्रुने र ह्यारी केनलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

हालाण्डले आफ्नो प्रिमियर लिगको डेभ्यु सिजनमा ३६ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १२ गोल गरेका थिए । उनले सिटीलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

२२ बर्षिय हालाण्ड प्रिमियर लिगको योंग प्लेयर अफ द इयरमा नोमिनेशनमा रहेपनि यो अवार्ड भने आर्सनलका बुकायो साकाले जितेका छन् ।

यो अवार्ड प्रोफेसनल फुटबलर्स एसोसियसनले हरेक बर्ष प्रदान गर्ने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका