जोडिनुहोस
  • होमपेज
  • प्रतितोला ८०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ८०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर कारोबारमा आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ थियो ।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १४ सय ८५ रुपैयाँ पुगेको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका